Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मुख्यमन्त्री केसीले भने-‘लुम्बिनी प्रदेशलाई मानव अधिकार मैत्री बनाउँछाैँ’

मुख्यमन्त्री केसीले भने-‘लुम्बिनी प्रदेशलाई मानव अधिकार मैत्री बनाउँछाैँ’

  • 3.3K
    SHARES

  • मुख्यमन्त्री केसीले भने-‘लुम्बिनी प्रदेशलाई मानव अधिकार मैत्री बनाउँछाैँ’

    बुटवल,असोज १४ ।

    लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले मानव अधिकार रक्षा र आम नागरिकलाई प्रत्याभूति गराउनको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    उनले हरेक नागरिकको मानव अधिकारको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने बताए ।  नेपाल र नेपाली जनताको मानव अधिकारका लागि प्रदेश सरकार सधै तयार रहेको उनको भनाइ छ ।

    राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालय ललितपुरले विश्वव्यापी आवधिक समिक्षा सम्बन्धी कार्यशाला गोष्ठीमा बाेल्दै उनले नेपाल विगत लामो समयदेखि द्वन्द्वको मारमा रहेकोले त्यसलाई पनि समााधान गर्नका लागि राज्य नै लाग्नु पर्ने बताए ।  

    उनले मानव अधिकारको क्षेत्रमा काम गर्ने आयोग लगायत अन्य निकायहरु पनि अापसी सहकार्य र सहमतिबाट अगाडि बढेर नेपालमा मानव अधिकार मैत्री देश बनाउनको लागि लाग्नुपर्ने बताए ।

    मानव अधिकार आयोगका सचिव मुरारी खरेलले नेपालमा जातीय, लिंगीय, धार्मिक, साँस्कृतिक विभेदका विरुद्ध लगायत सबै मानिसको जन्म शिद्ध अधिकारलाई प्रत्याभूति गराउनको लागि नेपाल सरकार पक्ष राष्ट्र भएकोले गर्दा नेपाल सरकारले आफै कार्यन्वय गर्नुपर्ने बताए ।

    लुम्बिनी प्रदेश सरकार कानून, महिला तथा बालबालिका, जेष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले प्रस्तुतिकरणको क्रममा विश्व व्यापी मानव अधिकार महासन्धी ९ वटा मध्ये ७ वटा महासन्धीमा नेपाल पक्ष राष्ट्र भइ सकेको बताउँदै नेपपालमा मानव अधिकारको क्षेत्रमा सुधार हुँदै गएको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology