बुटवल,असाेज १४ ।
संसदको गतिरोध अन्त्य गर्ने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओेलीले बहिस्कार गरेका छन् ।
प्रधानमन्त्री देउवाले बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको निवासमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाएपनि अध्यक्ष ओलीका साथै एमालेले नै उक्त बैठकमा सहभागी नभएर बहिस्कार गरेको हो ।
नेकपा एमालेले कारवाही गरेका १४ सांसदलाई मान्यता दिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीविरुद्ध सर्वोच्चमा मुद्दा रहेकाले उक्त पार्टी सहभागी हुने बैठकमा नजाने बताउदै आएको छ ।
‘एकीकृत समाजवादी पार्टी संसदमा समेत गैरकानुनी रुपमा उपस्थित भइरहेको अवस्था छ भने अर्कोतिर सर्वोच्चमा सो पार्टीविरुद्ध मुद्दा छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)