Logo बिहिवार, आश्विन १ गते २०८३
images

जन्डिसका बिरामी माओवादी नेता वर्षमान उपचारका लागि थाइल्याण्ड प्रस्थान

जन्डिसका बिरामी माओवादी नेता वर्षमान उपचारका लागि थाइल्याण्ड प्रस्थान

  • 1.9K
    SHARES

  • जन्डिसका बिरामी माओवादी नेता वर्षमान उपचारका लागि थाइल्याण्ड प्रस्थान

    काठमाडौं,असोज १३ ।

    नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन्।सुमेरु अस्पतालमा उपचारत उनको स्वास्थ्यमा सुधार नभएपछि बुधबार बिहान ७ बजे नेता पुन थप उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेको स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए।

    विमानस्थलमा पुनलाई माओवादी नेता शक्ति वस्नेतले विदाइ गरेका थिए। पुनको साथमा पूर्वसभामुख तथा नेता पुन पत्नी ओनसरी घर्ती पनि थाइल्याण्ड प्रस्थान गरेकी छन्।

    जन्डिसको लक्षण फेरि देखिएपछि पुन उपचारका लागि विदेश गएका हुन्। 

    जन्डिस आफैंमा रोग होइन। यो कलेजोमा कुनै रोग तथा समस्या भएमा देखिने लक्षण हो। नेता पुनलाई लामो समयदेखि जन्डिसको लक्षण देखिँदै आइरहेको छ। यद्यपि उनमा के समस्याका कारण जन्डिसको लक्षण देखिएको हो भन्ने विषयमा भने अझै खुलाइएको छैन।

    पुनका अनुसार मंगलबारसम्मको रिपोर्ट हेर्दा स्वास्थ्यमा कुनै सुधार हुने अवस्था नदेखिएपछि सुमेरु अस्पतालका चिकित्सकसँगको परामर्शमै थाइल्याण्ड लगिएको हो। गत साता स्वास्थ्यमा समस्या देखिएपछि पुन अस्पताल भर्ना भएका थिए। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology