बुटवल,असाेज १२ ।
विश्व फार्मेसी दिवसको अवसरमा नेपाल फार्मेसी संघ, लुम्बिनी प्रदेशले शुभकामना तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ सचिव डा.बिकास देवकोटाले जहाँ औषधि, त्यहाँ फर्मासिष्ट हुने बताए । उनले प्रत्येक नगरदेखि केन्द्रसम्म औषधि स्टोर हुने सरकारी निकायमा फर्मासिष्टको ब्यवस्थापन गर्ने जानकारी गराए ।
सिद्धार्थ फर्मासियुटिकलका जिएम वरिष्ठ फर्मासिष्ट भोजराज बस्यालले गुणस्तर औषधि उत्पादनमा गुणस्तर कच्चापदार्थ हुनुपर्छ र फार्मेसी पेसाको महत्व सबैले बुझ्नुपर्ने बताए ।
त्यस्तै एसियन फर्मासियुटिकल को जिएम वरिष्ठ रजिस्टर फर्मासिष्ट सभ्यता बस्यालले विश्व फार्मेसी दिवस २०२१ को स्लोगन ‘फार्मेसी सधैं तपाइँको स्वास्थ्यको लागी भरोसा छ’ भन्ने नारालाई प्रष्ट पारे ।
त्यस्तै लुम्बिनी प्रदेशिक अस्पतालको अस्पताल फार्मेसी इन्चार्ज फर्मासिष्ट पदम खनालले फर्मासिष्ट खिम बहादुर पौडेल, एचसिडिए रुपन्देहीका कर्यकारी अध्यक्ष नारायण थापा र मेलन रुपन्देहीका अध्यक्ष नारायण पौडेल लगायतले शुभकामना व्यक्त गरे ।
कार्यक्रममा वरिष्ठ रजिस्टर फर्मासिष्ट भोजराज बस्याल, वरिष्ठ रजिस्टर फर्मासिष्ट सब्यता बस्याल, रजिस्टर फर्मासिस्ट पदम खनाल र रजिस्टर फर्मासिस्ट खिमबहादुर पौडेललाई कदर पत्रद्वारा संघले सम्मान गरिएको थियो ।
कार्यक्रम संघका अध्यक्ष ध्रुवकुमार शर्माको अध्यक्षता र लुम्बिनी प्रदेशको प्रदेश स्वास्थ सचिव देवकोटाको प्रमुख अतिथियतामा, रजिस्टर फर्मासिष्ट गोबिन्द तिवारीको स्वागत मन्तब्य र रजिस्टर फर्मासिष्ट सुभेन्द्र प्रसाद यादवको संचालनमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)