Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

तेस्रो तलाबाट खसेर बुटवलमा निर्माण मजदुर चाैधरीको मृत्यु,१ जना घाइते

तेस्रो तलाबाट खसेर बुटवलमा निर्माण मजदुर चाैधरीको मृत्यु,१ जना घाइते

  • 3.5K
    SHARES

  • तेस्रो तलाबाट खसेर बुटवलमा निर्माण मजदुर चाैधरीको मृत्यु,१ जना घाइते

    बुटवल,असाेज ११ ।

    बुटवलमा निर्माणाधीन घरबाट खस्दा एक निर्माण मजदुरको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । मृत्यु हुनेमा दाङको लमही नगरपालिका–९ वनभुटानी स्थायी घर भएका ३० वर्षीय किसन चौधरी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    बुटवल उपमहानगरपालिका–१४ पत्थरगंजस्थित देव बहादुर खत्रीको निर्माणाधीन घरको तेस्रो तलामा प्लास्टर गर्ने क्रममा आइतबार बाँस भाँचिएर लड्दा चौधरी गम्भीर घाइते भएका थिए । चौधरीलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ लैजाने गर्दा बाटोमा नै मृत्यु भएको हो ।

    साथै सोही निर्माणाधीन खसेर बाँकेकोकोहलपुर नगरपालिका–२ बर्दहवाका २५ वर्षीय गोबिन्द प्रसाद थारु घाइते  छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology