Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बुटवलमा ओरीफ्लेमको क्याटलक लञ्च

बुटवलमा ओरीफ्लेमको क्याटलक लञ्च

  • 1.5K
    SHARES

  • बुटवलमा ओरीफ्लेमको क्याटलक लञ्च

    बुटवल,असाेज ११ ।

    बुटवलमा ओरिफ्लेमको क्याटलक लन्चिङ गरिएको छ ।

    एक समारोहका बिच प्रमुख अतिथि रुपन्देही व्यापार सघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी र नेपाल व्युटिसियन सघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शान्ता शर्माले बिमोचन गर्नुभयो ।

    कार्यक्रममा जुम मार्फत एडभान्स ग्रुप अफ कम्पनीका चेयरम्यान अरुण कर्नले सम्बोधन गर्दै नेपालीहरुले आफ्ना उत्पादनलाइ रुचाएकोमा धन्यबाद दिनुभयो ।

    सो अबसरमा आकृति इन्टरप्राइजेजका संचालक तथा ओरिफ्लेमका बुटवल बितरक मुरारीराज भण्डारी ,जोशी ब्रदर्श भैरहवाका संचालक तथा ओरिफ्लेमका भैरहवाका वितरक हेमन्त राज जोशी ,बुटवल उद्योग वाणिज्य सघ कस्मेटिक तर्फका निवर्तमान अध्यक्ष अब्दुल कलाम,नेपाल व्युटिसियन सघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शान्ता शर्मा,सेल्स म्यानेजर सन्जिव अधिकारी  लगायतले बोल्दै नेपाली बजारमा ओरिफ्लेमका उत्पादनहरु सबैका रोजाइमा परेको बताएका थिए ।

    सहभागिहरुले ब्यूटी बन्नु सबैका लागि जरुरी रहेको भन्दै मानिसहरु सबै सुन्दरताको पछि लाग्ने बताएका थिए । यो ब्राण्ड अन्तर्गत स्किन केयर, हेयर केयर, बोडि केयर, कलर कस्मेटिक पुरुष र बच्चाका लागि चाहिने बेबि पाउडर बेबि ओयल कृम लगायतका २५० भन्दा धेरै आइटमहरु उपलब्ध रहेको जानकारी गराइएको थियो ।

    अहिलेको समयमा सबैले सुन्दर बन्ने कोशिश गरिरहेको भन्दै ओरिफ्लेमका उत्पादनहरुको प्रयोग प्रभावकारी रहेको उनीहरुको भनाइ छ ।कार्यक्रममा सहभागीहरु मध्य लक्की ड्र गरि धनु व्युटिपार्लर देबिनगर र भैरहवाबाट दिनेश कस्मेटिकलाइ पुरस्कार प्रदान गरिएको थियो ।oriflame 2021.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology