बुटवल,असोज ९ ।
लायन्स क्लव अफ बुटवल संसार र लायन्स क्लव अफ बुटवल लोटसको संयुक्त आयोजनामा आज बुटवलमा बृक्षारोपण भएको छ । बुटवल ११ मा रहेको देवसिद्ध समाज सुधार तथा बिकास समिति प्राङ्गढमा बृक्षारोपण गरिएको हो ।
लायन्स क्लव अफ बुटवल संसारका अध्यक्ष बिकास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव डिस्ट्रीक सेकेन्ड भाइस गर्भनर पिएमजेएफ नवराज न्यौपानेले क्लवले वातावरण संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
सो अवसरमा लायन्स क्लव अफ बुटवल लोटसका अध्यक्ष शुशिला आचार्य,देवसिद्ध समाज सुधार तथा बिकास समितिका अध्यक्ष पूर्णानन्द गिरी,,रिजन चियर पर्सन नारायण थापा,जोन चियर पर्सन बिनेश बज्राचार्य, लायन्स क्लव अफ बुटवल संसारका आइपिपी प्रकाश भट्राइ, लायन्स क्लव अफ बुटवल बुटवलका एक्स्टेन्सन चियर पर्सन द्वारिका श्रेष्ठ,कार्यक्रम संयोजक बुटवल संसारका श्याम सापकोटा, लोटसका प्रिती श्रेष्ठ ,देबसिद्ध खानेपानीका भरत पाठक लयायतले बोलेका थिए । सो अबसरमा टीक,गुलमोहर,कल्की लगायतका गरि १सय बिरुवाहरु रोपिएको हो । कार्यक्रमको संचालन सचिब गोबिन्द पाण्डेले गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)