Logo बिहिवार, आश्विन १ गते २०८३
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : दोस्रो चरणको निर्माण कार्य सरकारले ‘होल्ड’ गरेको भन्दै बिष्णु पाैडेलको असन्तुष्टी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : दोस्रो चरणको निर्माण कार्य सरकारले ‘होल्ड’ गरेको भन्दै बिष्णु पाैडेलको असन्तुष्टी

  • 2.9K
    SHARES

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : दोस्रो चरणको निर्माण कार्य सरकारले ‘होल्ड’ गरेको भन्दै बिष्णु पाैडेलको असन्तुष्टी

    बुटवल,असोज ९ ।

    नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम नरोक्न प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई चेतावनी दिएका छन् ।

    अघिल्लो सरकारले अगाडि बढाएको दोस्रो चरणको निर्माण कार्य नयाँ सरकारले ‘होल्ड’ गरेको भन्दै त्यो आफूलाई मान्य नहुने पौडेलले बताए । 

    उद्योग व्यापार संगठन रूपन्देहीको साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा शनिवार भैरहवामा बोल्दै पौडेलले अघिल्लो केपी ओली नेतृत्वको सरकारको पालामा भएका निर्णयलाई कार्यान्वन गर्दै एसियाली विकास बैंक एडीबीसँग ऋण सम्झौता गरी बहुवर्षीय अन्तर्राष्ट्रिय ठेक्का आह्वान गरी निर्माणको काम छिटो अगाडि बढाउन आग्रह गरे । 

    ‘हामीले सेकेन्ड फेजका काम अगाडि बढाएका थियौं । जसअन्तर्गत आउँदो ५० वर्षलाई धान्ने अत्याधुनिक टर्मिनल बिल्डिङ टिटु बनाउने, टयाक्सी वे र फराकिलो पार्किङ लगायतका आधुनिक पूर्वाधार तयारी गर्ने कार्य अगाडि बढाउन एडीबीले ७ अर्ब लगानी गर्ने र नेपाल सरकारले ७ अर्ब गरी १४ अर्ब लगानीमा सेकेन्ड फेजको काम अगाडि बढाउने मोडालिटी तयार भएको थियो । एडीबी ऋण सम्झौता गर्न ‘रेडी’ अवस्थामा छ तर सरकारले काम अगाडि बढाएन,’ पौडेलले भने ।

    पौडेलले थपे, ‘गत असार महिनामा मैले ‘सेकेन्ड फेज’को पूर्वाधार बनाउन ‘काउन्टर पार्टस् फन्ड’ सरकारले व्यहोर्ने जानकारीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई पत्र पठाएको थिएँ । त्यसको आधारमा एडीबीसँग सम्झौता भएर अहिलेसम्म अन्तर्राष्ट्रिय बहुवर्षीय ठेक्का आह्वान भइसक्नुपर्ने थियो तर सरकार परिवर्तन भएपछि एडीबीसँग सम्झौता पनि गरिएको छैन । काउन्टर पार्टस् फन्डको निर्णय पनि गरेको छैन । योजनाको काम सरकारले होल्ड गरेर बस्यो ।’


    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology