बुटवल, असोज ९ ।
नेकपा एकिकृत समाजवादी निकट युवा संघ,नेपाल बुटवल उप-महानगर कमिटीको प्रथम नगर अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
बुटवलमा शनिबार भएको प्रथम नगर अधिवेशनले प्रवेश सुनार अध्यक्ष रहेको नगर कमिटी घोषणा गरेको हाे । उक्त कमिटि ५१ जनाको छ ।
कमिटीको उपाध्यक्षमा दिनेश गुरुङ,सचिवमा मदन जंग पुन,सह सचिवमा भावना के सी र कोषाध्यक्षमा बिष्णु कसौधन रहेका छन् ।
नगर अध्यक्ष धनसिंह खाम्चाको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी रूपन्देही अध्यक्ष तथा प्रदेश कमिटी सचिव राजु गुरुङ , युवा संग नेपाल केन्द्रिय उपमहासचिव सरिता श्रीस लगायतले बाेलेका थिए ।साे कार्यक्रम युवा संघ नेपाल जिल्ला कमिटी अध्यक्ष कृष्ण थापाको स्वागतमा भएको थियाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)