Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा थप ४५ जनालाई संक्रमण,रुपन्देहीमा काेराेना संक्रमितको संख्या २५६४ पुग्याे

बुटवलमा थप ४५ जनालाई संक्रमण,रुपन्देहीमा काेराेना संक्रमितको संख्या २५६४ पुग्याे

  • 2.8K
    SHARES

  • बुटवलमा थप ४५ जनालाई संक्रमण,रुपन्देहीमा काेराेना संक्रमितको संख्या २५६४ पुग्याे

    बुटवल,असोज १३- 

    रुपन्देहीमा मंगलबार ६८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले मंगलबार साँझ जारी गरेको कोरोनाको दैनिक संक्रमित प्रतिवदेन अनुसार २० जना महिला र ४८ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

    सबैभन्दा धेरै संक्रमित बुटवल उपमहानगरपालिकामै थपिएका छन् ।बुटवलमा १५ जना महिला र ३० जना पुरुषलाई गरी ४५ जनालाई संक्रमण देखिएको छ ।

    रुपन्देहीमा हालसम्म संक्रमितको संख्या २ हजार ५६४ पुगेको छ । 

    यस्तै, सिद्धार्थनगर नगरपालिकामा १० जना पुरुषलाई संक्रमण देखिएको छ भने देवदह नगरपालिकामा १ जना पुरुष संक्रमित भएका छन् । तिलोत्तमा नगरपालिकामा ३ जना महिला र ४ जना पुरुष गरी ७ जनालाई संक्रमण देखिएको छ ।

    यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ जना महिला, सैनामैना नगरपालिकामा ३ जना पुरुष र सुद्धोधन गाउँपालिकामा १ जना महिला र १ जना पुरुषलाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    अहिलेसम्म २३ जनाको मृत्यु भएको छ । हालसम्म १ हजार ९०४ जना संक्रमित निको भएर घर फर्किएका छन् । मंगलबार सक्रिय संक्रमित ६३७ जना रहेको छन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology