Logo बिहिवार, आश्विन १ गते २०८३
images

सैनामैना जेसिजमा सीता क्षेत्री नेतृत्वको कार्यसमितिले वैधानिकता पायाे,सचिवालयमा लागेकाे ताला खाेलियाे

सैनामैना जेसिजमा सीता क्षेत्री नेतृत्वको कार्यसमितिले वैधानिकता पायाे,सचिवालयमा लागेकाे ताला खाेलियाे

  • 5.2K
    SHARES

  • सैनामैना जेसिजमा सीता क्षेत्री नेतृत्वको कार्यसमितिले वैधानिकता पायाे,सचिवालयमा लागेकाे ताला खाेलियाे

    बुटवल,असोज १३- 

    रूपन्देहीकाे सैनामैना जेसिजमा देखिएकाे विवाद किनारा लागेकाे छ। जेसिज केन्द्रिय समितिले सीता क्षेत्री नेतृत्वको कार्यसमितिलाइ वैधानिकता दिएपछि सतहमा देखिएकाे विवाद किनारा लागेकाे हाे ।

    सैनामैना जेसीजको सचिवालयमा असन्तुष्ट पक्षले लगाएको ताला समेत खोलिएको छ । संस्थाको हित विपरित काम गरेको आरोपमा कारवाहीमा परेका ६ जनाको समूहले सोमबार लगाएको ताला सैनामैना जेसीजको कार्यसमितिले प्रहरीको रोहबरमा मंगलबार खोलेको हो ।

    पांचौं अधिवेशनमा अध्यक्ष पदका प्रत्यासी दीपक अधिकारी लगायतको समूहले जेसीजको विधान विपरित गतिविधि गरेकाले बोर्ड वैठकले कारवाही गर्ने सर्वसम्मत निर्णय भएपछि अवैधानिकरुपमा बलजफ्ती ताला लगाइएको सैनामैना जेसीजकी अध्यक्ष सीता क्षेत्रीले बताइन् ।

    अधिवेशनलाई लिएर अधिकारीको समूहले नेपाल जेसीसमा मुद्दा हालेर विवाद निम्त्याएको तर आफ्नो नेतृत्वको कार्यसमितिलाई केन्द्रले आधिकारिकता दिएको सैनामैना जेसीजले मंगलबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष क्षेत्रीले बताइन् । 

    अध्यक्षका प्रत्यासी अधिकारीले अधिवेशनमा जेसीज विधान अनुसार उम्मेदवार र मतदाताबीचको प्रश्नोत्तर (ककस), अन्तर्वार्ता र उम्मेदवार तालिम गरी तीनवटा कार्यक्रममा अनिवार्य सहभागी हुनुपर्नेमा तालिममा मात्र सहभागी भएर बाहिरिएकाले आफ्नो नेतृत्वको कार्यसमितिले वैधानिकता पाएपछि  विवाद झिक्ने काम भएको उनले बताइन् ।

    सैनामैना जेसीजका निवर्तमान अध्यक्ष सुवास पौडेलले विधान अनुसार जेसीजको सदस्य नै नरहेका व्यक्तिहरुले विना कारण तालाबन्दी गरेर विवादमा तान्ने काम गरेको बताए ।

    वर्तमान नेतृत्वले पटक–पटक सहमतिको प्रयास गर्दा पनि असन्तुष्ट पक्ष सहमत नभएपछि वाध्य भएर कारवाही स्वरुप ४ महिनाका लागि सदस्यता नवीकरण नगरिएको बताए ।

    तालाबन्दी गर्ने र सामाजिक सञ्जालमा जथाभावी लेखेर संस्थाको बद्नाम गर्ने व्यक्ति र समूहले आत्माआलोचना नगरे कानूनी उपचार खोज्ने उनले चेतावनी दिए ।

    असन्तुष्ट पक्षले सदसयता नवीकरणका लागि रकम बुझाउंदा पनि नवीकरण नगरेकाले तालाबन्दी गर्नुपरेको दावी गरेपनि जेसीजका कोषाध्यक्ष रोशन ज्ञवालीले उनीहरुले सदस्यता नविकरण शुल्क नबुझाएको बताए ।

    jci sainamaina.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology