बुटवल,असोज ७
सञ्चारकर्मी रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी सरस्वती प्रधान धरौटीमा रिहा भएकी छन्।
जातीय विभेद तथा छुवाछुतजन्य कसूर गरेको भन्दै दायर भएको मुद्दामा सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायण प्रसाद सुवेदीको इजलासले १ लाख १५ हजार रुपैयाँ धरौटी माग गर्ने आदेश जारी गरेको हो।
इजलासको आदेशानुसार प्रधान धरौटी बुझाएर रिहा भएकी काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिए।
सञ्चारकर्मी सुनारले प्रहरीमा दिएको जाहेरीअनुसार भएको अनुसन्धानको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले केही दिन अगाडि काठमाडौं जिल्ला अदालतमा प्रधानविरुद्ध मुद्दा दायर गरेको थियो।
बुधबार घरभेटी प्रधान अदालतमा हाजिर भएपछि उनको बयान लिइ थुनछेक बहस भएको थियो। बुधबार नै हस सकेर अदालतले धरौटीमा रिहा हुने आदेश जारी गरेको हो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)