Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आणबिक अस्त्र निषेध सन्धि अनुमोदन गर्न माग गर्दै बुटवलमा शान्ति समाजको प्रदर्शन

आणबिक अस्त्र निषेध सन्धि अनुमोदन गर्न माग गर्दै बुटवलमा शान्ति समाजको प्रदर्शन

  • 4.2K
    SHARES

  • आणबिक अस्त्र निषेध सन्धि अनुमोदन गर्न माग गर्दै  बुटवलमा शान्ति समाजको प्रदर्शन

    बुटवल,असोज ५ ।

    मानव अधिकार तथा शान्ति समाजले आणबिक अस्त्र निषेधको माग गर्दै बुटवलको राजमार्ग चौराहामा प्ले कार्ड प्रदर्शन  गरेको छ। अन्तर्राष्ट्रिय शान्ति दिबस सेप्टेम्बर २१ का अबसरमा मंगलबार चौराहाचोकमा शान्ति समाज रूपन्देहीले  प्रदर्शन गरेको हो।

    आणबिक अस्त्ररहित बिश्वका लागि आणबिक अस्त्र निषेध सन्धि शीघ्र अनुमोदन गर भन्ने ब्यानर र प्ले कार्ड सहित बिहान साढे ८ देखि ९ बजेसम्म प्रदर्शन गरिएको थियो ।

    शान्ति समाजका रूपन्देही सभापति डिपि खनालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राससका पूर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाइले समाजले सधै शान्तिको पक्षमा भूमिका खेलेकोमा धन्यबाद दिए । उनले समाजको सक्रियता सधै खबरदारी र न्यायका पक्षमा रहनुपर्ने बताए ।

    केन्द्रिय सचिव मिना ढकालले आणबिक अस्त्र बिरुद्ध अभियानलाइ अगाडि बढाएको बताइन् । शाखा सचिव कपिल ज्ञवालीको संचालनमा भएको कार्यक्रममा शाखाका पदाधिकारी तथा सदस्यहरु आजिवन सदस्य तथा विभिन्न संघ संस्थाका प्रतिनिधि,बिद्यार्थीहरू लगायतको उपस्थित रहेको थियो।

    आणबिक अस्त्रको होडबाजिमा लागेका राष्ट्र हरु ,अमेरिका , रुस ,चिन , उत्तर कोरिया ,बेलायत ,फ्रान्स ,भारत , पाकिस्तान र इजरायल ,नेपाल लगायतका राष्ट्रलाई आणबिक अस्त्र बिरुद्धको सन्धि शीघ्र अनुमोदन गर्न आग्रह गरेका थिए ।santi samaj  (1).jpg

    santi samaj.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology