Logo बिहिवार, आश्विन १ गते २०८३
images

भारतीय पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित दुईजना पक्राउ

भारतीय पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित दुईजना पक्राउ

  • 1.9K
    SHARES

  • भारतीय पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित दुईजना पक्राउ

    बुटवल,असाेज ५ ।

    नेपाल–भारत सीमा नाका बेलहियामा भारतीय पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित दुईजना पक्राउ परेका छन् ।

    सीमा नाका पार गराउन भन्दै भारतबाट आएका पर्यटकसँग घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बेलहियामा कार्यरत लक्कीचन्द्र लोहार र बेलहियास्थित गुजरात ट्राभलका कर्मचारी सन्तोष गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

    पशुपतिनाथ मन्दिर दर्शन गर्ने उद्देश्यले गुजरात ट्राभल्समार्फत बेलहियासम्म आएका ८ जनाको समूहलाई ट्राभल्सका कर्मचारी गुप्ताले प्रहरीलाई घुस दिनुपर्छ भन्दै प्रतिव्यक्ति ५ सय भारुका दरले रकम उठाएका थिए । सो रकम प्रहरीलाई बुझाएर पर्यटकको समूह नेपाल प्रवेश गरेको थियो ।

    घटनाबारे उजुरी परेपछि रुपन्देही प्रहरीले सोमबार अबेर राति गुजरात ट्राभल्समा काम गर्ने यादव र प्रहरी जवान लोहारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नविन पौडेलले बताए ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले घुस लिएको खबर आउनासाथ गुप्ता र लोहार दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology