बुटवल, असोज ३ ।
बुटवलमा तीनजना डाक्टरहरुको लगानीमा सिबीसिटी सेवा शुभारम्भ भएको छ। नाक कान घाँटी तथा दातमा हुने समसया रोग पहिचान गर्न यसले ठुलो सहयोग हुने बुटबल डायग्नीष्टिक एण्ड इमेजिङ्गसेन्टरका सन्चालक डा बिकास अग्रहरीले बताए ।
नेपालमा काठमान्डौ पछी बुटबलमा पहिलो पटक बिरामीलाई सेवा दिने उदेश्य सहित सिबी सिटीले मेसिन भित्राएको हो । बिरामीहरूको जुन ठाउमा समस्या देखीएको छ ।
सोही ठाँउलाई केन्द्रीत गरेर स्क्यान गर्ने र उपचारमा सहज हुने छ । अहीले बजारमा सिटी स्क्यान गरेजस्तो पुरै शरीर स्क्यान गर्नुनपर्ने बिशेष गरी नाक कान घाँटी दाँतको उपचारमा सहज र सुलभ हुने डाक्टरको भनाई छ ।
सिबीसिटी सन्चालनपछी नाक कान घाँटी तथा दातको रोग पता नलागेर काठमाडौँ जाने बिरामीलाई यो सेवाले थप सहज र सुलभ हुने सन्चालक डा सन्दीप पौडेलले बताए । यसले अन्य स्क्यान जस्तो बिकण नफाल्ने बिरामीलाई जोखिम कम हुने सहज हुने उनको भनाई छ । करीब १ करोड ५० लाख लगानीमा स्थापना गरीएको सन्चालक डा मुकेस सापकोटाले बताए ।
बुटवलको भुड्कीचोकमा बुटबल डाउग्नोष्टिक एण्ड इमेजिङ्ग सेन्टर सन्चालनमा ल्याएको उनीहरुको भनाई छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)