Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

भरतमणि बने ‘कमेडी च्याम्पियन-२’ को बिजेता,जिते २५ लाख रूपैयाँ र कार

भरतमणि बने ‘कमेडी च्याम्पियन-२’ को बिजेता,जिते २५ लाख रूपैयाँ र कार

  • 2.0K
    SHARES

  • भरतमणि बने ‘कमेडी च्याम्पियन-२’ को बिजेता,जिते २५ लाख रूपैयाँ र कार

    बुटवल,असाेज २। 

    लोकप्रिय रियालिटी सो ‘कमेडी च्याम्पियन-२’ को उपाधि भरतमणि पौडेलले जितेका छन् ।  विक्की अग्रवाल फस्ट रनर अप र  सन्तोष थापा सेकेण्ड रनर अप बनेका छन् ।

    पहिलो विजेताले २५ लाख रूपैयाँ र कार पाए भने भने दोस्रोले मोटरसाइकल र तेस्रोले स्कुटर पाएका छन्। camedi.jpg

    उपाधि जितेका भरतमणि पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि दर्शकको ‘नोटिस’मा परेका थिए । त्यस्तै उनले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेका थिए ।

    जुन प्रस्तुतीबाट निकै तारिफ पाएका थिए । उनी ‘कमेडी च्याम्पियन’मा सात पटकसम्म ‘पर्फर्मर अफ द राउण्ड’ बनेका थिए ।

    विशाल भण्डारीले निर्देशन गर्ने ‘कमेडी च्याम्पियन’ कान्तिपुर टीभी र युट्युब च्यानल ‘ओएसआर रियालिटी’बाट प्रशारण हुँदै आएको थियो ।

    यसको पहिलो सिजनबाटै निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई थिए भने शोलाई रीमा विश्वकर्माले होस्ट गर्दै आएकी थिइन् । ‘कमेडी च्याम्पियन’को पहिलो सिजनमा हिमेश पन्त विजेता बनेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology