बुटवल,असाेज २ ।
नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ ।
सर्वमान्य नेता सिंहको २४ औं स्मृती दिवसको अवसरमा नेपाली काँग्रेस बुटवल नगर समितिले बुटवल स्थित पार्टी कार्यालयमा रहेको शालिकमा माल्यार्पण गरेको हो ।
त्यसअवरमा नगरसभापति खेलराज पाण्डेले नेता सिंहको बलिदान र त्यागको सबैले स्मरण गर्नुपर्ने र नेता सिंहले देखाएको बाटो हिडेमा पार्टीको आपसी एकता पनि मजबुद हुने बताउनु भयो । कार्यक्रममा पार्टीका नेता कार्यकर्ता सहभागी थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)