Logo बुधवार, श्रावण १३ गते २०८३
images

लुम्बिनी प्रदेश सरकार बिरूद्ध ७९ वटा मुद्धा,१७ वटा मात्रै फैसला

लुम्बिनी प्रदेश सरकार बिरूद्ध ७९ वटा मुद्धा,१७ वटा मात्रै फैसला

  • 3.6K
    SHARES

  • लुम्बिनी प्रदेश सरकार बिरूद्ध ७९ वटा मुद्धा,१७ वटा मात्रै फैसला

    बुटवल,भदौ ३१ ।

    लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीले आर्थिक वर्ष ०७७–०७८ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख अमिक शेरचन समक्ष पेश गर्नुभएको छ ।

    बिहिबार प्रदेश प्रमुखको कार्यालयमा एक समारोहका बिच प्रतिबेदन प्रदेश प्रमुख अमिक शेरचन समक्ष पेश गरिएको हो ।

    मुख्य न्यायाधिवक्ताले आफ्नो कार्यालयले सम्पादन गरेको कार्यको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने व्यवस्था बमोजिम आर्थिक वर्ष ०७७–०७८ मा लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्ता कार्यालयमार्फत गरेका कार्यहरु प्रस्तुत गरिएको हो । आर्थिक वर्ष ०७७–०७८ मा लुम्बिनी प्रदेशमा ७९ वटा मुद्धा परेका छन् ।

    ती मध्ये अघिल्लो आवबाट सरि आएका ४१ वटा छन् भने आब ७७—७८ मा ३८ वटा मुद्धा परेको मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो । ती मध्ये ६२ बाँकी र १७ वटा फैसला भैसकेको  प्ररतिबेदनमा उल्लेख छ ।

    सर्वोच्च अदालतमा ४०, तुलसीपुर उच्च अदालतमा ७ , तुलसीपुर उच्च अदालत बुटवल इजलासमा २३ वटा ,जिल्ला आदलत र नेपालगंज इजलास र प्रशासकिय अदालत काठमाडौंमा १—१ मुद्धा परेको छ ।लुम्बिनी प्रदेश सरकार र विभिन्न सरकारी निकायहरुमा सातवटा कानुनी सल्लाह उपलब्ध गराइएको प्रतिवेदनमा उल्लेख छ। साथै प्रदेश सरकारबाट प्रस्तुत हुने विभिन्न विधेयकहरुमा कानुनी राय सल्लाह पेश गरिएको थियो ।

    लुम्बिनी प्रदेशमा रहेका स्थानीय निकायमा न्यायिक समितिलाई सबलीकरण गर्ने कार्यका साथै कारागार, बालसुधार गृहहरुमा कानुनी साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो। मुख्य न्यायाधिवक्ताले सम्पादन गर्ने कार्यमा न्युन श्रोत साधनका बाबजुद काम गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    संविधानको धारा १६० मा प्रदेश मुख्य न्यायधिवक्ताको व्यवस्था गरिएको छ ।सो अबसरमा बोल्दै प्रदेश प्रम्ख अमिक शेरचनले सरकार तथा स्थानीय तहका बिरुद्ध मुद्धा मामिला पर्नु राम्रो काम नहुने बताउनुभयो ।chief.jpg

    मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीले सरकारका काम कारबाही संविधान बिरोधी भएको पुष्टि मुद्धाले नै गर्ने गरेको भन्दै यसलाइ न्युनिकरण गर्नुपर्ने बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology