Logo बिहिवार, आश्विन १ गते २०८३
images

माधव-प्रचण्डहरू पार्टी कब्जा नसकेपछि कांग्रेसको पछि लागे : विष्णु पौडल

माधव-प्रचण्डहरू पार्टी कब्जा नसकेपछि कांग्रेसको पछि लागे : विष्णु पौडल

  • 1.9K
    SHARES

  • माधव-प्रचण्डहरू पार्टी कब्जा नसकेपछि कांग्रेसको पछि लागे : विष्णु पौडल

    बुटवल,भदाै ३० ।

    नेकपा एमालेका उपमहासचिव तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडलले माधव नेपाल पक्षमा केही स्वार्थी र महत्वाकांक्षी मान्छेहरू मात्रै लागेको टिप्पणी गरेका छन् ।

    उनले एक्लै  माधव नेपालको पार्टीले एक सिट नजित्ने र कुनै एक क्षेत्रमा जमानत पनि जोगाउन नसक्ने दावी गरे । प्रचण्ड र माधव नेपालले शुरूमा नेकपा र त्यसपछि एमाले कब्जा गर्न असफल भएपछि कांग्रेसको पछि लागेको टिप्पणी गरे ।

    बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेल माधव नेपालप्रति आक्रामकरूपमा प्रस्तुत भएका थिए । उनले नेकपा एसमा लागेकाहरूलाई माधव नेपालमार्फत कांग्रेसको सेवा गर्नुभन्दा सिधै कांग्रेसमा प्रवेश गर्न वा एमालेमा फर्किन सुझाव दिए ।

    पौडेलले एमाले विभाजनको प्रयास असफल भएको भन्दै माधव नेपाल लगायतका केही स्वार्थी र महत्वाकांक्षी व्यक्तिहरू कांग्रेसतिर लागेको आरोप लगाए । उनले रुपन्देहीमा पार्टी विभाजनको पक्षमा कोही पनि नरहेको दावी गरे ।

    पौडेलले छिट्टै मुलुक चुनावमा जान लागेको भन्दै एमाले आफ्नो हैसियतसहित सत्तामा आउने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology