Logo मंगलवार, श्रावण १२ गते २०८३
images

देउवाका निर्णयविरुद्ध पौडेल समूह : २७ नेताद्वारा हस्ताक्षरित विरोधपत्र आज पार्टी कार्यालयमा दर्ता

देउवाका निर्णयविरुद्ध पौडेल समूह : २७ नेताद्वारा हस्ताक्षरित विरोधपत्र आज पार्टी कार्यालयमा दर्ता

  • 3.3K
    SHARES

  • देउवाका निर्णयविरुद्ध पौडेल समूह  : २७ नेताद्वारा हस्ताक्षरित विरोधपत्र  आज पार्टी कार्यालयमा दर्ता

    बुटवल,असोज १२-

    नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले सभापति शेरबहादुर देउवाले गरेका पछिल्ला निर्णय सच्याउन माग गर्दै सोमबार विरोधपत्र दर्ता गर्ने भएको छ ।

    विरोधपत्रमा कृष्णप्रसाद सिटौला समूहलाई जोड्ने प्रयास असफल भएपछि आइतबार अन्तिम चरणमा आएर विरोध पत्र दर्ताको कार्यक्रम स्थगित भएको  थियो ।

    आज पौडेल समूहका २७ नेताद्वारा हस्ताक्षरित विरोधपत्र दिउँसो १ बजेपछि पार्टी कार्यालयमा दर्ता गरिने पौडेल समूह केन्द्रीय सदस्य नविन्द्रराज जोशीले जानकारी दिए ।

    सभापति देउवाले क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तारका काम विधान मिचेरै आफूखुसी गरेको भन्दै पछिल्लो समयमा गरिएका निर्णय सच्याउनुपर्ने माग पौडेल समूहको थियो ।

    शनिबार काठमाडौँको बसुन्धरामा सम्पन्न पौडेल समूहको भेलाले सभापति देउवालाई पछिल्ला निर्णय सच्याउन दबाबका लागि विरोधपत्र दर्ता गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

    हस्ताक्षर बुझाउने २७ जना काे-काे हुन् ?

    पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको हस्ताक्षरः
    १.     रामचन्द्र पौडेल, नेता, नेपाली कांग्रेस
    २.     डा.शशांक कोइराला, महामन्त्री, नेपाली कांग्रेस
    ३.     सीतादेवी यादव, कोषाध्यक्ष, नेपाली कांग्रेस
    ४.     प्रकाशमान सिंह, केन्द्रीय सदस्य तथा पूर्व महामन्त्री, नेपाली कांग्रेस
    ५.     डा रामशरण महत, केन्द्रीय सदस्य तथा पूर्व सहमहामन्त्री, नेपाली कांग्रेस
    ६.     अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य तथा पूर्व सहमहामन्त्री, नेपाली कांग्रेस
    ७.     बलबहादुर केसी, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
    ८.     महेश आचार्य, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
    ९.     दिलबहादुर घर्ती, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
    १०.  डा. मिनेन्द्र रिजाल, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
    ११.     सुजाता कोइराला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
    १२.     दिलेन्दप्रसाद बडू, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
    १३.     डा शेखर कोइराला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
    १४.     दीपक गिरी, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
    १५.     नविन्द्रराज जोशी, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
    १६.     डा. चन्द्र भण्डारी, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
    १७ .    कमला पन्त, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
    १८.     धनराज गुरुङ्ग, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
    १९.     रत्न शेरचन, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
    २०.     बद्रीप्रसाद पाण्डे, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
    २१.     जीवन परियार, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
    २२.     गुरुराज घिमिरे, केन्द्रीय सदस्य, नेपाली कांग्रेस 
    २३.     कल्याणकुमार गुरुङ्ग, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
    २४.     रामकृष्ण यादव, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
    २५.    हृदयराम थानी, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
    २६.     किरण यादव, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
    २७.    सरिता प्रसाईं, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology