Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

विपन्न १४ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण 

विपन्न १४ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण 

  • 1.5K
    SHARES

  • विपन्न १४ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण 

    बुटवल,भदौ २९ ।

     सगरमाथा हेल्पिङ्ग फाउन्डेसनले बाल दिवसको अवसर पारी शैक्षिक सामाग्री वितरण गरेको छ । 

    फाउन्डेसनले गुल्मी जिल्लाको रूरू  गाउँपालिकामा रहेको भट्कुवा  निम्न माध्यमिक विद्यालय, जनज्योति प्राथमिक विद्यालय र सूर्य ज्योति प्राथमिक विद्यालयका १४ जना विपन्न वर्गका विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री वितरण गरेको हो ।

    विद्यार्थीहरुलाई कापी, कलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो ।

    बाल दिवस बालबालिकाको हितमा रहोस् र हरेक बालबालिका ले पढ्न लेख्न पाउन् उनीहरुको नैसर्गिक अधिकार हो भन्ने हेतुले सगरमाथा हेल्पिङ्ग फाउन्डेसन मार्फत यस अभियान सञ्चालन गरिएको संस्थाका अध्यक्ष किशन ज्ञवालीले बताउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology