बुटवल,भदौ २७।
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति एवं नेपालकै वरिष्ठ मानव अधिकारबादी नेता कृष्ण पहाडी दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भै एक सातादेखि उपचाररत हुनुहुन्छ ।
काठमाडौं र दिल्लीका बिभिन्न अस्पतालहरुमा यसअघि पनि पटक पटक उपचार गराईरहनु भएका पहाडी नाकको हड्डी, पेटको अल्सर लगाएत बिभिन्न स्वास्थ्य समस्याबाट ग्रसित भै उपचार गराईरहनु भएको छ ।
यसैबिच आज मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले संस्थापक सभापति पहाडीसँग टेलिफोन संवाद गरि उहाँको स्वास्थ्य अवस्था र उपचारका बारेमा जानकारी लिनु भएको छ । सभापति खनालका अनुसार केहीदिन यता संस्थापक सभापति पहाडीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको भएपनि पुर्णरुपले स्वास्थ्य लाभ हासिल गर्न केहीसमय अझै लाग्ने जानकारी उहाँले दिनु भएको छ ।
नेता पहाडीको ९ वर्षअघि दिल्लीमा दाहिने हातको अप्रेसन गरी ट्युमर निकालिएको थियो । टेलिफोन संवादमा नेता पहाडीले नेपालको पछिल्लो राजनैतिक घटनाक्रम र शान्ति समाजको अभियानको बारेमा पनि जिज्ञाशा राख्नु भएको सभापति खनालले बताउनु भयो ।
खनालका अनुसार अल्सर, मधुमेह, उच्च रक्तचाप, थाइराइड, स्पोन्डोलाईसिस, प्रोस्टेट, घाटी, नाक र घुडामा हड्डिको समस्या रहेको उहाँले बताउनु भएको छ । उपचार प्रभावकारी ढंगले भैरहेको र छिट्टै स्वास्थ्य समस्या समाधान भै फर्किने पनि उहाँले बताउनु भयो । डीको नौ वर्ष अगाडि पनि दिल्लीमा दाहिने हातको अप्रेसन गरी ट्युमर निकालिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)