Logo बिहिवार, आश्विन १ गते २०८३
images

थारु समुदायमा अट्वारी पर्वको उल्लास (फाेटाेफिचर)

थारु समुदायमा अट्वारी पर्वको उल्लास (फाेटाेफिचर)

  • 4.4K
    SHARES

  • थारु समुदायमा अट्वारी पर्वको उल्लास (फाेटाेफिचर)

    बुटवल,भदौ २७। 

    थारु समुदायले आज अट्वारी पर्व उल्लासपूर्वक मनाउँदैछन् । रूपन्देही, दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा अट्वारी पर्व धुमधामसँग मनाउँदै आइएको छ ।

    दाङका तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, गढवा गाउँपालिका लगायतका स्थानीय पालिकाहरुले अट्वारी पर्वको अवसरमा थारु समुदायका मानिसलाई सार्वजनिक बिदा दिएका छन् ।

    लुम्बिनी प्रदेश सरकारले पनि दाङ, बाँके, बर्दिया जिल्लाका थारु समुदायका मानिसहरुलाई सार्वजनिक बिदा दिएको छ ।  

    अट्वारी पर्व कृष्णा जन्माष्टमीको आठ दिनपछि आउने आइतबारका दिन मनाउने प्रचलन थारु समुदायमा छ। यो पर्व सूर्य अर्थात शक्तिको उपसनाको लागि गर्ने गरिन्छ। थारु समुदायले  अष्टमीपछि चन्द्रमा देखिना साथ अट्वारी पर्व  मनाउने गर्छन ।tharu samudaya  (8).JPG

    थारु समुदायका पुरुष अट्वारीमा पानी पनि नखाइ व्रत बस्ने गर्छन । आफ्नो लागि चोखो खानेकुरा आँफै पकाउँछन । यो पर्वमा  महिलाको भूमिका व्यवस्थापकीय मात्रै रहन्छ ।

    अट्वारीमा रोटी, काँक्रा, दही, केरा जस्ता स्थानीय परिकार खाइन्छ। ती परिकार खानु भन्दा पहिला छोरीचेलीका लागि अग्रासन (कोशेली) झिकेर पूजा गर्ने परम्परा छ।

    भोलिपल्ट बिहान पाँच वा सात प्रकारका गेडागुडीयुक्त तरकारी, भात खाइसकेपछि आफ्ना चेलीबेटीलाई काशेली (अग्रासन) दिन जाने चलन छ। उनीहरु कोशेली छोड्न चेलीबेटीको घर–घरमा आँफै पुग्छन् ।

    अट्वारी पर्वलाई आफ्ना चेलीवेटी सम्मान तथा दाजुभाइ र दिदीबहिनीबीच आपसमा सद्भाव साटासाट गर्ने पर्वका रुपमा लिने गरिन्छ ।tharu samudaya  (2).JPGtharu samudaya  (3).JPGtharu samudaya  (4).JPGtharu samudaya  (5).JPG tharu samudaya  (6).JPG

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology