Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रोल्पामा कांग्रेस अधिवेशन : ७२ मध्ये ६६ वडामा सर्वसम्मत नेतृत्व चयन

रोल्पामा कांग्रेस अधिवेशन : ७२ मध्ये ६६ वडामा सर्वसम्मत नेतृत्व चयन

  • 2.5K
    SHARES

  • रोल्पामा कांग्रेस अधिवेशन : ७२ मध्ये ६६ वडामा सर्वसम्मत नेतृत्व चयन

    रोल्पा,भदौ २५ /रासस ।

    नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका ७२ वडामध्ये ६६ मा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।सर्वसम्मत हुन नसकेका छ वडामध्ये चारमा नेतृत्व चयन गरिएको र एक वडामा आज नेतृत्व चयन गरिने जनाइएको छ ।
    “अधिवेशन हुन नसकेका एक  वडामा आज अधिवेशन हुँदैछ”,काँग्रेस रोल्पा जिल्ला सभापति अमरसिंह पुनले भने । रुन्टीगढी गाउँपालिका–८ को अधिवेशन हुनसकेको थिएन । 

    जिल्लामा एक जना दलित र एक महिला वडा सभापतिमात्रै निर्वाचित भएका छन् ।

    यसरी निर्वाचित हुने वडा  सभापतिमा सुनिल स्मृति गाउँपालिका–४ बाट हीरादेवी पुनमगर र सोही गाउँपालिका–७ बाट रेमलाल विक रहेको सभापति पुनले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology