Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

जन्मदिनमा पुस्कल शर्माले दिएकाे उपहार ट्रेण्डिङमा ! (भिडियाे सहित)

जन्मदिनमा पुस्कल शर्माले दिएकाे उपहार ट्रेण्डिङमा ! (भिडियाे सहित)

  • 3.0K
    SHARES

  • जन्मदिनमा पुस्कल शर्माले दिएकाे उपहार ट्रेण्डिङमा  ! (भिडियाे सहित)

    बुटवल,असाेज ११-

    सार्वजनिक भएको दुइदिन नहुदै  ‘एक दिन’ यूट्युबको ट्रेण्डिङमा उक्लिएकाे छ । गायक पुस्कल शर्मा र विष्णु माझीको सुमधुर स्वरमा सजिएकाे नयाँ लोकदोहोरी गीत ‘एक दिन’ धेरैले रूचाएका छन् ।

    गायक शर्माले नागरिक अनलाइनसँग कुराकानी गर्दै जन्मदिनकाे दिन याे गीत सार्बजनिक गरेकाे बताए । उनकाे सबैकाे माया पाउनेमा ढुक्क रहेकाे समेत बताए । 

    पिताम्बर विस्ट आनन्दको शब्द रचनामा गायक पुस्कलले नै संगीत भरेका छन् । सो गीत  शुक्रवार पुस्कल शर्मा यूट्युव च्यानलबाट सार्वजनिक गरिएको थियाे  ।

    गीतको भिडियो करिब एक लाख पटक हेरिएको छ । 

    मन्दिर म्युजिकको प्रस्तुतिमा रहेको यस गीतमा पुस्कल शर्मा र सारिका केसीले मोडलिङ गरेका छन् । गीतको संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन् भने बिमल छिनाल र राजेन्द्र बाजुरालीले रेकर्डिङ गरेका हुन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology