Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

रुपन्देहीको मर्चवारमा चट्याङ लागेर एक जनाको मृत्यु,३ घाइते

रुपन्देहीको मर्चवारमा चट्याङ लागेर एक जनाको मृत्यु,३ घाइते

  • 1.4K
    SHARES

  • रुपन्देहीको मर्चवारमा चट्याङ लागेर एक जनाको मृत्यु,३ घाइते

    बुटवल,भदौ २५।

    रुपन्देहीको मर्चवारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

    जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका अन्दाजी १५ वर्षीय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए ।

    बिहीबार साँझ करीब ५ः३० बजे यादवसित दुई जना खेतबाट घाँस काटेर आउने क्रममा चट्याङ लागेको थियो । श्यामसुन्दरसँगै रहेका ११ वर्षीय सन्तोष यादव घाइते भएका छन् ।

    यसैगरी सोही समयमा मर्चवारी १ कोटहिहवाको इन्द्रवती यादव, माया यादव, गौरी यादव र विश्वनाथ यादव पनि चट्याङबाट घाइते भएको थापाले बताएका छन् ।

    घाइतेहरूको उपचारका भैरहवामा भैरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, भाद्र २५ २०७८०१:१२:१३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology