बुटवल,भदौ २३ ।
पछिल्लो समय पुराना भाकाहरुलाई टपक्क टिपेर नया शैली दिने क्रम बढ्दो छ । तर पुरानै लय र भाकाकी धनि शर्मिला गुरुङ एकपटक फेरी तीज गीत मार्फत आएकी छिन नयाँ तीज गीत बांसैको चोया लिएर,जसमा साथ् दिएका छन् यज्ञ सापकोटाले।
अकला देवी म्युजिकको युट्युब च्यानल मार्फत नयाँ गीत सार्बजनिक गरिएको हो। प्रमिला सुबेदीको निर्माण भएको सो गीतको भिडियोमा बहुचर्तित रचनाकार तथा संगीत शिव सुबेदीले दिएका छन् ।
शर्मिला गुरुङ्ग्को तीज गीत सुन्न लालायित स्रोता दर्शकका लागि पनि प्रतिक्षाको बिषय रहेकोले अब त्यो प्रतिक्षा मेटिएको देखिन्छ। शर्मिला गुरुङ र यज्ञ सापकोटाको स्वर रहेको गीत निकै राम्रो भएको र भिडियोमा पनि धेरै मेहेनत गरेको निर्देसक मदन खड्का बताउछन् ।
सो तीज गीतमा चर्चित चकलेटी नायिका सगुन शाही, बेबो आचार्य तथा मोडल सुरज पन्थको अभिनय रहेको छ, गीतलाइ राम्रो बनाउनलाई क्यामेरामा बिरेन्द्र भट्ट र सम्पादनमा अविनाश डिसीको भूमिका रहेको छ । सो तीज गीतको एरेंजिंग कृष्ण केसीले गरेका छन्।
भाद्र १ गतेको साइत हेरी सार्बजनिक गरिएको सो गीतमा टिप्पिकल नेपाली ग्रामिण भेगको भाखा र त्यहाको परिवेश उत्कृष्ट रुपले झल्काइएको छ।
गीत संगै भिडियो पनि उत्तिकै मेहनतपुर्ण तरिकाले पस्किएका शिव शुबेदीले तीज गीतको मर्म अनुसारको गीत निकालेको र दर्शकले यसको मर्म बुझी माया गरिदिने नागरिक अनलाइनसंग बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)