Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनीका सभामुख घर्तीले गराए जसपा सांसद मुडभरीलाई सपथ

लुम्बिनीका सभामुख घर्तीले गराए जसपा सांसद मुडभरीलाई सपथ

  • 2.1K
    SHARES

  • लुम्बिनीका सभामुख घर्तीले गराए जसपा सांसद मुडभरीलाई सपथ

    बुटवल,भदाै २३ ।

    लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टीकी सांसद निर्मला मुडभरी भट्टराईले सपथ लिएकी छन् । सभामुख पूर्णबहादुर घर्तीले मुडभरीलाई बुधबार सपथ गराएका हुन् ।

    मुडभरी निर्वाचित भएसँगै लुम्बिनीमा जसपाका सांसद ४ जना पुगेका छन् । प्रदेशसभा सदस्य कल्पना पाण्डे लम्साललाई पाार्टीको निर्णयविपरीत यसअघिको शंकर पोखरेल नेतृत्वको सरकारमा गएपछि जसपाले कारबाही गरेर पदमुक्त गरेको थियो ।

    उक्त रिक्त स्थानमा समानुपातिक मधेशी समावेशी समूहबाट निर्वाचन आयोगको भदौ १० गतेको बैठकले निर्मलालाई निर्वाचित गरेको थियो ।

    जसपाले कल्पना पाण्डेसहित सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादवलाई पनि कारबाही गर्दै प्रदेशसभा सदस्यबाट निलम्बन गरेको थियो । पाण्डेय र यादव भने प्रत्यक्ष निर्वाचित हुन् ।

    लुम्बिनी प्रदेशसभामा प्रमुख विपक्षी दल एमालेका ३६, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १९ (सभामुखबाहेक),राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र राजनीतिक समूहका १ जना गरी ८१ जना सांसद छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology