बुटवल,भदौ २३।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा रुपन्देहीमा मोटरसाइकल र्याली सहित प्रदर्शन भएको छ ।
नमस्ते नेपालको आयोजनामा मंगलबार तिलोत्तमा नगरपालिको शंकरनगर देखि बुटवलको ट्राफिक चोक सम्म मोटरसाइकल र्याली गरिएको सन्दीप पौडेल क्षेत्रीले नागरिक अनलाइनलाइ जानकारी दिए ।
र्यालीमा सहभागीहरुले एमसीसी चाहिदैन, देश बेच्न पाइँदैन, राष्ट्रघाती एमसीसी खारेज गर जस्ता नाराबाजी गरेका थिए । सय बढी मोटरसाइकलसहितको सहभागीता रहेको संस्थाका अध्यक्ष अर्जुन खरेलले बताए ।
टार्फिक चोकमा कोणसभामा परिणत भएको थियाे ।कार्यक्रममा अध्यक्ष अर्जुन खरेल,उपाध्यक्ष मनिस भुषाल,कोषाध्यक्ष सुशील सुवेदी ,नयाँ युवा नयाँ सोच नेपाल रुपन्देहीका अध्यक्ष सन्दिप पौडेल क्षेत्रीले पार्टी बिक्ला कार्यकर्ता बिक्दैन भन्दै चेतावनी दिएका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)