बुटवल,भदौ २२।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले प्रदेश सरकारले लिएको योजनालाई सफल बनाउनको लागि कर्मचारीहरुले दत्तचित्त भएर कामगर्न निर्देशन दिएका छन् ।
निजामति कर्मचारी सेवा दिवसको २०७८ को अबसरमा उनले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् । उनले प्रदेश सरकारको राजनीतिक दृष्टिलाई जनतामा दिदा चित्त बुझ्दो जनगुनासो आउन नदिनका लागि कर्मचारीहरु प्रशासनलाई नयाँ अभियानमा लाग्नका लागि अनुरोध गरे।
उनले जनताको सेवाको लागि आएकोले जनतालाई सेवा गर्नका लागि प्रदेश सरकार र निजामति क्षेत्रका कर्मचारीहरु एक भएर अगाडि बढ्नु पर्ने बताए ।
मुख्यमन्त्री केसीले प्रदेश सरकारले निजामति प्रदेश सेवा कानून बनाएर अगाडि बढ्ने पहिलो प्राथमिकतामा रहेको बताए । उनले मन्त्रालयको जिम्मेवारी वाडँफाडँ भएमा सबैले सहयोग गर्नुपर्ने बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)