Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिलाई फुटेका दल रोज्ने समय आज ५ बजे सकिँदै

प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिलाई फुटेका दल रोज्ने समय आज ५ बजे सकिँदै

  • 1.5K
    SHARES

  • प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिलाई फुटेका दल रोज्ने समय आज ५ बजे सकिँदै

    बुटवल,भदौ २२।

    प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले दल रोज्न दिएको समय सीमा आज मंगलबार अपराह्न ५ बजे सकिँदैछ ।

    गठबन्धन शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी दोस्रो संशोधित अध्यादेशअनुसार एमाले र जसपा छाड्ने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आयोगले दल रोज्न २१ दिनको दिएको थियो ।

    गत भदौ २ गतेबाट लागु हुने गरी दिएको उक्त समय सीमा आज भदौ २२ मा सकिन लागेको हो । गत भदौ २ गते एमालेबाट नेकपा एकीकृत समाजवादी र जसपाबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो । दुवै दलको निवेदनअनुसार ९ भदौमा आयोगले दलको मान्यता दिँदै प्रमाणपत्र दिएको थियो । आयोगले दिएको समय सीमाभित्र दल रोज्ने जनप्रतिनिधिको पद कायम रहनेछ ।

    नयाँ दल रोज्नलाई आयोगले जिल्ला र प्रदेश निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्न निर्धारण गरेको समय सीमा अनुसार आज बेलुका सम्म नै सनाखत गर्ने क्रम चल्ने दुवै दलका नेताहरूले बताएका छन् ।

    हालसम्म एमाले छोडेर एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने ३० सङ्घीय सांसदसहित ५१ प्रदेश सांसद खुलिसकेका छन् भने स्थानीय तहका जनप्रतिनिधि कति भए भन्ने बेलुका ५ बजेपछि मात्रै थाहा हुने सो पार्टीका नेता गङ्गालाल तुलाधरले जानकारी दिए । ‘५ बजेसम्म त समय नै छ, त्यसपछि अपडेट गरेर ठ्याक्कै सङ्ख्या भनौँला,’ तुलाधरको भनाइ छ ।   

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology