बुटवल,भदौ २२।
सत्तारुढ नेपाली काँग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको आ–आफ्नो संसदीय दलको बैठक बोलाएका छन् ।
नेपाली काँग्रेसले संसदीय दलको बैठक आज २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेगरी बोलाएको सांसद डिला संग्रौलाले जानकारी दिइन् । उनले दलको बैठकमार्फत संसदमा पार्टीका सांसदहरुले खेल्ने भूमिकाका बारेमा छलफल हुने बताइन् ।
त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुधबार बिहान ९ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाएको छ ।
एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले बुधबार बिहान दलको बैठक बसेर संसदमा पार्टीका तर्फबाट उठाउने एजेण्डाका बारेमा छलफल हुने बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)