बुटवल,भदाै २०।
रूपन्देहीमा पहिलो पटक हल्ट प्राइज कार्यक्रम हुने भएको छ। विद्यार्थीहरुका लागि नोबेल प्राइज भनेर चिनिने हल्ट प्राइज बुटवलका कलेजहरूमा हुने भएको हो।
चरणबद्धरूपमा संचालन हुने कार्यक्रमका विजेतालाई हल्ट प्राइज फाउन्डेशनले १ मिलियन अमेरिकी डलर नगद प्रदान गर्ने छ ।
हरेक वर्ष हल्ट प्राइज फाउन्डेसन,दीगाे विकास लक्ष्यहरू (SDGS)मा रहेर सामाजिक व्यवसायीलाई प्रोत्साहनको नयाँ धारणा (बिषय) दिइनेछ । सो उक्त धारणा भित्र रहेर प्रतियोगिले समाजमा भएका समस्यालाई हल गर्न्ने बिजनेश तरिकाप्रस्तुत गर्नुपर्ने छ।
यो बर्ष भने “कोभिडले गर्दा बेरोजगार भएका मानिहरूलाईलाई कसरी रोजगार दिन सकिन्छ” भन्ने बिषय राखिएको लुम्बिनी इन्जिनियरिङ कलेजका लागि बर्ष २०२१-२०२२का क्याम्पस डाइरेक्टर मधु भण्डारीले नागरिक अनलाइनलाइ जाानकारी दिइन् ।
सो हल्ट प्राइज बुटवलमा रहेका पोखरा विश्वबिद्यालय अन्तर्गतका कलेजमा स्नातक तथा स्नातकोत्तर अध्यनरत विद्यार्थीहरूका लागि लक्षित गरिएको हो । विद्यार्थीहरूले तीन वा चार जनाको समूह बनाई भाग लिन पाउने छन्।
अन क्याम्पस प्रोग्रामको विजेताले रिजनलको लागि प्रतिस्पर्धा गर्नेछन् भने अघिल्लो वर्ष रिजनल नेपाल मै भएको थियो। प्रतिस्पर्धीहरुको लागि विभिन्न ट्रेनिङ वर्कशप सेमिनारहरु दिइने जनाइएको छ।
यसमा सहभागिताका लागि कुनै शुल्क भने लाग्दैन ।
यस्तै २०२१-२०२२ को लागि क्याम्पस डाइरेक्टर मा लुम्बिनी इन्जिनियरिङ कलेज की छात्रा मधु भण्डारी छानिएकी छन् । उनले बुटवलका ६ ओटा कलेजमा यसबारेमा सहजीकरण गर्नेछिन् ।
रूपन्देहीमा रहेका लुम्बिनी इन्जिनियरिङ कलेज, तिलोत्तमा क्याम्पस,सिद्धार्थ इन्टरनेशनल कलेज,बुटवल मोडल कलेज,बृहस्पती कलेज र एक्सिस कलेजका थुप्रै विद्यार्थीले निवेदन दिएको मध्ये अन्तरवार्ताबाट उनलाई हल्ट प्राइज फाउन्डेसनले क्याम्पस डिरेक्टरमा नियुक्त गरेको हो।
अनलाइनबाट प्रतियोगिताका चरणहरू शुरू हुने र फाइनल भने डिसेम्बरमा हुने उनले नागरिक अनलाइनलाइ बताइन् ।
कार्यक्रमको मिडिया पार्टनर नागरिक अनलाइन डटकम रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)