Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमा ८ मा केशवराज बने कांग्रेसको सभापति,गृहमन्त्री खाँण स्वतः क्षेत्रीय प्रतिनिधि चयन !

तिलोत्तमा ८ मा केशवराज बने कांग्रेसको सभापति,गृहमन्त्री खाँण स्वतः क्षेत्रीय प्रतिनिधि चयन !

  • 5.2K
    SHARES

  • तिलोत्तमा ८ मा केशवराज बने कांग्रेसको सभापति,गृहमन्त्री खाँण स्वतः क्षेत्रीय प्रतिनिधि चयन !

    बुटवल,भदाै १९।

    नेपाली कांग्रेस तिलोत्तमा ८ को वडा अधिवेशनले पुनः केशवराज अर्यालको सभापतित्वमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको छ ।

    जसको उपसभापतिमा एकनारायण पाण्डे र राजकुमार श्रेष्ठ निर्वाचित भएका छन् । समितिको सचिवमा इन्द्रप्रसाद पाण्डे र चन्द्रमणी अर्याल चयन हुनुभयो भने सहसचिव डिल्लीराज भट्टराई र इन्दिरा कडेललाई अधिवेशनले छनोट गरेको हाे।

    कांग्रेसको विधान अनुसार  कोषाध्यक्ष तथा केही सदस्यहरु मनोनित हुने व्यवस्था छ । अधिवेशनले २० सदस्यहरु समेत चयन गरेको छ । यस्तैः अधिवेशनबाट २५ जना क्षेत्रीय प्रतिनिधिहरु पनि सर्वसम्मत चयन भएका छन् ।

    नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण विधान अनुसार स्वतः क्षेत्रीय प्रतिनिधि चयन भएका छन् भने उनीसहित मोहनराज शर्मा, हरिलाल पाण्डे, हरिप्रसाद ज्ञवाली लगायत २५ जना क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology