Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

लायन्स बुटवल शान्तिदीपद्वारा अभियान नेपाल बालगृहमा दरसंगै आर्थिक सहयोग

लायन्स बुटवल शान्तिदीपद्वारा अभियान नेपाल बालगृहमा दरसंगै आर्थिक सहयोग

  • 2.2K
    SHARES

  • लायन्स बुटवल शान्तिदीपद्वारा अभियान नेपाल बालगृहमा दरसंगै आर्थिक सहयोग

    बुटवल,भदाै १९।

    लायन्स क्लव अफ बुटवल शान्तिदीपले सैनामैना १ बनकट्टामा रहेको अभियान नेपाल बालगृहका बालबालिकालाई तीजको दर खुवाउनुका साथै आर्थिक सहयोग गरेको छ ।

    क्लवका अध्यक्ष बाबुराम खनाल र प्रमुख अतिथी लायन्स क्लब अफ बटवल डायनामिक लेडिजकी अध्यक्ष तथा जोन चेयर पर्सन रिता शर्माले बालगृहका संरक्षक मना शाहीलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

    १५ जना असहाय बालबालिकाहरुलाई  तिलक शाही र मना शाही (श्रीमान/श्रीमती) संरक्षक रहेर आफ्नै चार कठ्ठा जग्गामा बिभिन्न संघ सस्थाको सहयोेगमा  आवास निर्माण गरी बालबालिकाको पठन-पाठन पालन-पोषण गरेको संरक्षक शाहीले बताईन् ।

    सामाजिक कार्यमा क्रियासिल यस क्लवले साउनमा बुटवलको पाणिनी पार्कमा प्रकृति संरक्षणको उदेश्यले वृक्षारोपण समेत गरेको थियो । २०२१ जनवरीमा स्थापना भएको क्लवले आगामी दिनमा पनि सेवा भाव अझै बढाएर समाज सेवामा अझै क्रियासिल रहने अध्यक्ष खनालले बताए ।

    कार्यक्रमको सञ्चालन सचिव विशाल पन्थी गरेका थिए भने स्वागत मन्तव्य क्लवका डाइरेक्टरहरु रामहरि भुसाल र संयोजन अर्का सदस्य खिमा आचार्यले गरेका थिए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology