बुटवल,भदौ १९ ।
७२ हजार मास्क बाँड्ने अभियान बुटवलबाट शुरू गरिएको छ। बुटवल देविनगरस्थित विवान फार्मेसी र रोटरी क्लव अफ बुटवल चौतारीको आयोजनामा देशभर मास्क बिचरणा अभियान थालिएको हाे।
बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले मास्क वितरण गरि अभियानको उद्घाटन गर्दै कोभिड रोकथाम गर्न सचेतना अभियान नै महत्वपुर्ण भएको बताए।
अभियानमा बुटवल उपमहानगरपालिकाको सहकार्यमा रहने वडाध्यक्ष क्षेत्रीले बताए । क्लबका अध्यक्ष सुरज क्षेत्रीले समाज परिवर्तनमा युवाहरुको अग्रता नै क्रियाशिलता जरुरी रहेको भन्दै सामाजिक संघसंस्थाहरुबाट हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए।
दिनको न्युनतम ढाइ सय मास्कका दरले १० महिनासम्म गरि ७२ हजार मास्क वर्षभरिमा बाँडिने उनले बताए। विवान फार्मेसीका संचालक दिपक ढकालले स्वस्थ्य क्षेत्र सेवामुलक भएको भन्दै सामाजिक उतरदायित्वमा काम गर्ने बताए।
देविनगरमा सेवा शुरु गरेको विवान फार्मेसीमा बालरोग,जनरल फिजिसयन, हाडजोर्नी र आयुर्वेदिक गरि विशेषज्ञ सेवा दिईने मेडिकल अफिसर डा. एन के अर्यालले बताए।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)