Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा ‘इनरह्विल समाज सेवा पुरस्कार’द्वारा ७ जना महिला सम्मानित

बुटवलमा ‘इनरह्विल समाज सेवा पुरस्कार’द्वारा ७ जना महिला सम्मानित

  • 3.3K
    SHARES

  • बुटवलमा ‘इनरह्विल समाज सेवा पुरस्कार’द्वारा  ७ जना महिला सम्मानित

    बुटवल,भदौ १८ । 

    इनरह्विल क्लव अफ मिडटाउन बुटवलले तीजमिलन तथा सम्मान कार्यक्रम गरेको छ । बिभिन्न क्षेत्रमा योगदान गरेको भन्दै ७ जना महिलालाई ‘इनरह्विल समाज सेवा पुरस्कार २०७८’ द्वारा सम्मान गरिएको हो ।

    स्वास्थ क्षेत्रबाट क्लवका सदस्य तथा भीम अस्पताल भैरहवाका मेडिकल सुपरिटेन्डेन्ट सकुन्तला गुप्ता ,शिक्षामा लक्ष्मी माबिका प्राचार्य लक्ष्मी गुरुङ्ग, उद्योग,बुटवल नर्सरीका सञ्चालक उद्योगी सरला भण्डारी, मानव अधिकार इन्सेक रुपन्देही अध्यक्ष रिमा बिसि , कानुन क्षेत्रबाट हेमा न्यौपाने, महिला बालबालिका तथा अपांगता क्षेत्रबाट क्लबका पुर्ब अध्यक्ष राधा भट्टराई अधिकारी, क्लवको प्रक्रियागत पद्धतीमा भुमिका खेलेको भन्दै बर्ष २०२०-२१ का अध्यक्ष मिठ्ठु टण्डन भण्डारीलाई कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेबि आचार्यले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

    inner.jpg


    उपप्रमुख आचार्यले महिलाहरुले सामाजिक क्षेत्रमा पुर्याको योगदानको कदर गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो । हिजोका हिंसाका घटना र आजका हिंसाका घटना फरक किसीमबाट हुने गरेको भन्दै घरपरिवारबाटै महिला हिंसा न्युनिकरणमा लाग्नुपर्ने उहाको भनाई छ ।

    क्लबका अध्यक्ष सरस्वती ढुङ्गानाले स्वार्थ भन्दा माथि उठेर बिशुद्ध सामाजिक सेवामा समर्पित क्लबले उपमहानगरपालिका संग सहकार्य गर्न चाहेको बताउनुभयो ।कार्यक्रममा डिष्ट्रिक डेपुटी एनआर समिरा ध्वजु, चार्टर प्रसीडेण्ट तथा डिष्ट्रिक आईएसओ आशा श्रेष्ठले क्लबले गरेका गतिबिधिले अन्तराष्ट्रिय रुपमा पनि उदाहरण बन्नन सक्ने बताउदै समाजमा देखिका परम्परागत समस्यालाई उजागर गर्न क्लबले पहलकदमी लिनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा पुर्ब अध्यक्षहरु पुष्पा श्रेष्ठ,लक्ष्मी क्षेत्री, तृष्णा श्रेष्ठ,अन्जु कार्की लगायत बिभिन्न इनरव्हिल शाखा क्लवका अध्यक्षहरुको सहभागीता रहेको कार्यक्रम संयोजक शान्ता भण्डारीले नागरिक अनलाइनलाई जानकारी दिनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology