बुटवल,भदौ १७ ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनसंगै उम्मेदवारी घोषणा शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको सबैभन्दा ठूलो वडा ११ मा नेतृत्वका लागि जित बहादुर मल्ल र दुर्गा बहादुर खत्रीले घोषणा गरेका छन। खत्रीले बुधबार घोषणा सभा गरि एकल सभापतिको उम्मेदबारी घोषणा गरेका थिए ।
त्यस्तै विहिबार उम्मेदवारी घोषणा तथा पत्रकार सम्मेलन आयोजना गरि वडासभापतिका उम्मेदवार जित बहादुर मल्लले नेपाली काग्रेस पार्टीको राष्ट्रियता, लोकतन्त्र र समाजवाद अवलम्बन गरि अघि बढ्ने प्रतिवद्धता जनाए।
धेरै लामोसमयपछि महाधिवेसन हुन गैरहेको बेला नेपाली काग्रेसको वडास्तरमा गुठबन्दी रुपमा उम्मेदवारी घोषणा नभई पार्टीको नीति अनुसार गएको उनले दाबी गरे। काग्रेस कार्यकर्ताहरुको भावना अनुसार आफू अगाडि बढेको उनले बताए।
वडामा अध्यक्षका आकांक्षीहरु नेत्र भट्टराई, मुक्ति प्रसाद भट्टराई, बालकृष्ण अर्यालहरुको समर्थन र सहमति आफुलाइ रहेको उनले बताए । आफुहरुको गुठको भेला नभएर सबैलाई समेटेर अगाडि बढाउन खोजेको उनले दाबी गरे ।
कार्यक्रममा कदर बहादुर रिता रायमाझी विद्यालयका पुर्व अध्यक्ष तथा समाजसेवी कद्धर बहादुर रायमाझी, पुर्व सभापति भिम राना, युवा नेता प्रकाश राना, मुक्ति प्रसाद भट्टराई, लक्ष्मी गौतमले पार्टीमा नँया र युवा नेतृत्व आवश्यकता र पार्टीलाई अब्बल बनाउने लक्ष्य अनुसार नया नेतृत्व अगाडि आएको बताए ।
सभापतिमा कुल बहादुर केसी, सावित्रा टण्डन समेत गरि ७ जना उम्मेदवारका आकाँक्षी रहेका छन। धेरै जनसंख्या रहेको वडाको निर्वाचनले ३० जना खुल्ला, आदिबासी जनजाती, महिलासहित ७५ जना क्षेत्रिय प्रतिनिधि चयन गर्ने छ। कुल ७ सय ५३ जना क्रियाशिल छन।
वडा न ४ को क्रियाशिल भेला सम्पन्न :
नेपाली कंँग्रेस बुटवल उपमहानगरपालिका वडा न ४ को क्रियाशिल भेला विहिवार बुटवलको थकाली सेवा समाजको सभाहलमा सम्पन्न भएको छ । वडा सभापती अरुण कुमार श्रेष्ठको सभापतित्व र नेपाली काँग्रेसका नेता महेशमान सिहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।पार्टिको १४ औ महाधिवेशनका का सन्दर्भमा भएको भेलामा सहभागिहरुले नेपाली काग्रेसलाई एक ठिक्का बनाएर महाधिवेशन गर्नु पर्ने बताए ।
सहमती सहकार्यवाटै नेतृत्व चुन्नु पर्ने दवाव उनिहरुले दिएका छन् । शुक्रवार हुने वडा अधिवेशनको पुर्वसन्ध्यामा आकाक्षीहरुका विचमा छलफल समेत भएको थियो ।
निर्वाचन समितिको परिपत्र , विधानमा भएको व्यवस्थाका वारेमा छलफल भएको वडा सभापती श्रेष्ठले बताए । उनले यो वडावाट सकारात्मक सन्देश दिनका लागि सबैले सकारात्मक भुमिका खेल्न आग्रह गरे ।

\kl
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)