Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

‘स्थानीय सरकारमा नागरिकको अर्थपूर्ण सहभागिता हुनै सकेन’

‘स्थानीय सरकारमा नागरिकको अर्थपूर्ण सहभागिता हुनै सकेन’

  • 1.8K
    SHARES

  • ‘स्थानीय सरकारमा नागरिकको अर्थपूर्ण सहभागिता हुनै सकेन’

    बुटवल,भदौ १६ । 

    स्थानीय सरकार बनेपछि पनि नागरिकको अर्थपूर्ण सहभागिता हुन नसकेको एक कार्यक्रममा औल्याइएको छ  ।

    स्थानीय सरकार जनतासग प्रत्यक्ष सरोकार राख्ने भएपनि ब्यबहारतयस्तो हुन नसक्दा स्थानीय सरकारहरु साझा बन्न नसकेको उनीहरुको गुनासो छ । सामाजिक परिवर्तन केन्द्रको आयोजनामा बुटवलमा भएको स्थानीय शासन प्रणालीमा नागरिक सहभागिता बिषयम अन्तरक्रियामा बोल्ने सहभागिले  नागरिक सहभागिता निर्बानमा भोट हाल्ने कामका लागि भएको टीप्पणी गरे ।

    सामाजिक परिवर्तन केन्द्रका अध्यक्ष पवन रायले नागरिकको सबै भन्दा नजिकको सरकारले नागरिकका घरदैलोमा नै पुगेर सेवा प्रवाह गर्नुपर्ने बताए । उनले नागरिकहरूको आवश्यकता र माग बमोजिम विकास र नीति निर्माण, बजेट तथा कार्यक्रमहरूको व्यवस्था गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए ।

    बुटवल वडा न ११ का वडाध्या रामचन्द्र क्षेत्रीले  स्थानीय सरकारले दिगो र प्रभावकारी भूमिका निर्वाह गरेको दाबी गरे । नले स्थानीय सरकारलाई बलियो बनाउन सबैलाग्नुपर्ने बताए । बुटवल १४ का वडाध्यक्ष दधिराम न्यौपानेले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्था अनुरुपनै आफुहरु चलेपनि स्वतन्त्र रुपमा काम गर्ने बाताबरण बन्न नसकेको स्वीकार गरे ।

    बुटवल उपमहानगरपालिकाका अधिकृत रामप्रसाद अर्यालले राष्ट्रिय विकासको आधारभूमि नै स्थानीय सुशासन भएको बताए । उनले अहिलेका जनप्रतिनिधि काम भन्दा प्रोपोगाण्डा र प्रचारबाजीमा लागेको आरोप लगाए ।

    कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका नेत्र अर्याल,अधिबक्ता महेन्द्र पाण्डे ,बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजंग केसी,लेखक युवराज कडेल ,युवा संघका नेता सरिता श्रीस,महिला नेतृ रिता सेन,साबित्रा घिमिरे,टोलबिकासका अध्यक्ष लक्ष्मी गौतम लगायतले बोल्दै स्थानीय, प्रदेश र संघीय संरचनामा अगाडि बढेको शासन पद्धतीलाई सफल र सहीमार्गमा हिडाउन नागरिकहरूको सहभागिताका प्रमुख भूमिका रहने बताए ।

    सरोकारवालाको उपस्थितीमा भएको कार्यक्रममा अध्यक्ष पवन राय र प्राेग्राम म्यानेजर निश्छल खरालले सहजीकरण गरेका थिए । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology