Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

सञ्जीवनी टोल विकास संस्थामा नयाँ नेतृत्व चयन,देवबहादुर बने अध्यक्ष

सञ्जीवनी टोल विकास संस्थामा नयाँ नेतृत्व चयन,देवबहादुर बने अध्यक्ष

  • 1.9K
    SHARES

  • सञ्जीवनी टोल विकास संस्थामा नयाँ नेतृत्व चयन,देवबहादुर बने अध्यक्ष

    बुटवल,भदौ १२ । 

    सञ्जीवनी टोल विकास संस्था बुटवल ११ को आठौं साधारणसभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देवबहादुर थापाको अध्यक्ष तथा बुटवल वडा नम्बर ११ का रामचन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

    सो अवसरमा बन्दै अध्यक्ष क्षेत्रीले बुटवलका टोल विकास संस्था नमूना रहेको बताए । कार्यक्रममा नव दुर्गा मन्दिरका अध्यक्ष अर्जुन कुँवर, चौपारी टोल विकास संस्थाका अध्यक्ष राजु गुरूङ, बुटवलका न्यायिक समिति सदस्य लक्ष्मण ज्ञवाली, लुम्बिनी आयुर्वेद अस्पतालका योगाचार्य विष्णुहरि आचार्य वडा सदस्य माया दर्नाल लगायतले बोलेका थिए ।

    संस्थाका उपाध्यक्ष गणेश थापाको स्वागत तथा सचिव रामदाम चौधरीलेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशनले देव बहादुर थापाको अध्यक्ष नयाँ नेतृत्व चयन गरेको छ । उपाध्यक्षमा हरि गहतराज, सचिवमा देविका राना, कोषाध्यक्षमा इन्द्रबहादुर थापा, सहसचिवमा विवेक गौतम रहेका छन् ।

    त्यस्तैगरी सदस्यहरुमा शोभा सलामी, हरि भुसाल, चन्द्रकला पौडेल, ठाकुर पाण्डे, निर्मला राना र अनिल ठाकुर रहेका छन् । त्यस्तैगरी लेखा समिति संयोजकमा  गणेश थापा र सदस्यहरुमा छविलाल चापागाई र टेकबहादुर कुँवर रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology