बुटवल,भदौ ११ ।
नेपाल तरुण दल बुटवलले सडक डिभिजन कार्यालय बुटवलमा ज्ञापन पत्र बुझाएको छ ।
बुटवलको राजमार्ग चौराहा देखि गोलपार्कसम्मको सडक यथाशीघ्र निर्माणको माग गर्दै ज्ञापन पत्र बुझाएको नगर अध्यक्ष सुजन पुनले बताए । पुन र र क्षेत्रीय अध्यक्ष हसन्त लामा लगायतको टाेलीले सडक डिभिजन कार्यालय पुगेर सडक डिभिजन कार्यालयका प्रमुख जयलाल मरासीनीलाई ज्ञापन पत्र बुझाएका थिए ।
बुटवल उपमहानगरपालिकाको मुख्य राजमार्गकारुपमा रहेको चौराहा देखी गोलपार्क सम्म तथा देविनगर लगायतको बाटोमा लामो समयदेखी खाल्टाखुल्टी हुनुका साथै सडकमा पानी जमेका कारण यात्रीहरुले सास्ती व्यहोर्नु परेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
खाल्टा खुल्टीले गर्दा यातायात आवत जावतमा कठिनाई मात्र नभइ सडक दुर्घटना समेत निम्त्याएकोले यथाशिघ्र मर्मतका लागि माग गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)