Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशन सन् २०२३ मा बुटवलमा हुने

नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशन सन् २०२३ मा बुटवलमा हुने

  • 5.7K
    SHARES

  • नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशन सन् २०२३ मा बुटवलमा हुने

    बुटवल,भदौ ९ ।

    नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएको छ । बुटवल जेसीजको तेस्रो संचालक समिती तथा पूर्व अध्यक्षहरुको बैठकले महाधिवेशन बुटवलमा नै गर्ने निर्णय गरेको बुटवल जेसीजका अध्यक्ष गोपाल प्रसाद चापागाईले जानकारी दिनुभयो ।

    सन् २०२३ मा हुने ५० औं महाधिवेशन आतिथ्यता गर्नका लागि बुटवल जेसीजले नेपाल जेसीजमा आसय पत्र  पेस गर्ने निर्णय गरेको हो ।

    नेपाल जेसीजको  ४८ औं महाधिवेशन पोखरा जेसीजले आतिथ्यता गर्दैछ भने ४९ औं महाधिवेशन बिरगंज जेसीजले गर्दैछ । ४८ औं  महाधिबेशनबाट स्वीकृत भएमा ५० औं महाधिवेशन आतिथ्यता गर्ने बुटवल जेसीजले गर्नेछ ।

    btl jesis.jpg

    बुटवल जेसीजले यस अघि दुई पटक नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन आतिथ्यता गरिसकेको छ । तेस्रो पटक आतिथ्यता गर्न लागेको महाधिवेशनमा बुटवल जेसीज तथा नेपाल जेसीज दुबैको ५० औं बार्षिक उत्सव रहेकोले उक्त महाधिवेशन बुटवल जेसीजले आतिथ्यता गर्न व्यग्र इच्छा रहेको बुटवल जेसीजका महासचिव बिनोद घिमिरेले नागरिक अनलाइनलाई बताउनुभयो ।

    सो महाधिबेशनमा नेपालभरबाट करिव १६५ शाखाका करीब ३ हजार जेसीज युवाहरुको उपस्थिति रहनेछ । भने यसका कारण आन्तरिक पर्यटनमा ठूलो टेवा पुग्ने विस्वास गरिएको छ ।

    jcs.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology