Logo बिहिवार, आश्विन १ गते २०८३
images

पार्टी सनाखतका लागि नेकपा एकिकृत समाजवादीका नेताहरू निर्वाचन आयोगमा

पार्टी सनाखतका लागि नेकपा एकिकृत समाजवादीका नेताहरू निर्वाचन आयोगमा

  • 2.3K
    SHARES

  • पार्टी सनाखतका लागि नेकपा एकिकृत समाजवादीका नेताहरू निर्वाचन आयोगमा

    बुटवल,भदौ ९ ।

    नयाँ पार्टी दर्ताका लागि नेकपा एसमाजवादीका नेताहरू निर्वाचन आयोग पुगेका छन्। आयोगले  उनीहरूलाई सनाखत गर्न आज बोलाएको थियो।

    एसमाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सांसद तथा केन्द्रीय सदस्य केहीबेरअघि आयोग पुगेका हुन्। नेपालसहितका नेताहरू गत सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बसेका थिए। आज उनीहरू चन्द्रागिरिबाट सोझै निर्वाचन आयोग गएका हुन्।

    केही समयअघि जारी भएको अध्यादेशअनुसार नयाँ पार्टी दर्ता गर्न नेपाल समूहले नेकपा एमालको केन्द्रीय कमिटी वा संसदीय दलका २० सदस्य आफूसँग भएको प्रमाणित गर्नु पर्नेछ।

    उनीहरूलाई सनाखत गर्नका लागि आयोगले बुधबार दिउँसो दुई बजेसम्मको समय तोकेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology