बुटवल,भदौ ६ ।
लियो क्लव अफ बुटवल सिटीले मास्कबितरण र जनचेतना अभियान कार्यक्रम सम्पन्न गरेको छ । पहिलो चरणमा ३ हजार मास्कसहित ७८ वटा स्थानमा कोभिड-१९ सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरेको हाे ।
क्लवले बुटवलको अन्नपूर्ण मावि बाट अभियान उद्घाटन गर्दै नवलपरासीमा पनि अभियान चलाएको कार्यक्रम संयोजक प्रविशा भट्टराईले बताइन् ।
परासीमा जिल्ला प्रहरी कार्यलयमा प्रहरी प्रमुखसंग भेटगरी त्यहाँको अवस्थाको बारेमा जानकारी सहित थप सुरक्षा र स्वास्थलाई मध्य नजर गरिदिनआग्रह समेत गरेका छन् ।
क्लवका अध्यक्ष रेशम बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लियो जिल्ला परिषद ३२५ बि २ का रिजन १४ का रिजन चिफ तथा क्लवका पुर्व अध्यक्ष राजन पौड्याल रहेका थिए । साथै कार्यक्रममा विशिष्ट अतिथि लायन्स क्लब अफ बुटवल सिटीका प्रथम उपाध्यक्ष मित्रहरी आचार्य रहेका थिए ।
कार्यक्रम प्रभावकारि भएको क्लवका उपाध्यक्ष आशिष जंग कुवरले नागरिक अनलाइनलाइ जानकारी दिए ।
यी समाचार पनि पढाैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)