Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

लायन्स क्लव अफ लुम्बिनी सिटीको चाटर्र नाईट तथा पदस्थापन सम्पन्न

लायन्स क्लव अफ लुम्बिनी सिटीको चाटर्र नाईट तथा पदस्थापन सम्पन्न

  • 3.8K
    SHARES

  • लायन्स क्लव अफ लुम्बिनी सिटीको चाटर्र नाईट तथा पदस्थापन सम्पन्न

    बुटवल,भदौ ५ । 

    लायन्स क्लव अफ लुम्बिनी सिटिको चाटर्र नाईट तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

    बर्ष २०२१-०२२ का अध्यक्ष सराेज पाेखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथी डिष्ट्रिक गभर्नर पिएमजेएफ रामप्रसाद भट्टले हामी सेवा गर्छाैँ भन्ने महान उद्धेश्यलाइ सफल बनाउन सबै लाग्ननुपर्ने बताए ।

    उनले अहिले लायन्सले लायन्स भिलेजको अवधारणा ल्याएको बताउदै गाँउलाइ एडप्ट गरिएको बताए ।कार्यक्रममा फस्ट भिडिजी पिएमजेएफ नवराज न्यौपाने,पिडिजी एमजेएफ महेन्द्र नारायण श्रेष्ठ,क्याविनेट सेक्रेटरी प्रभाकर पण्डित,चिफ डिस्ट्रिक एडभाइजर एमजेएफ उमंग देबकोटा,डिस्ट्रिक एक्जुकेटिभ चिफ अर्जुनमान सैँजु,एक्सटेन्सन चियर पर्सन बिनोद सुवेदी ,चार्टर प्रेसिडेन्ट सन्ताेष कडेल,लगायतले बाेलेका थिए ।

    बर्ष २०२१-०२२ का अध्यक्ष सराेज पाेखरेलले आगामी योजनाका बारेमा जानकारी गराएका थिए । सो कार्यक्रममा पोखरेललाइ डिष्ट्रिक गभर्नर पिएमजेएफ भट्टले गभर्नर मेडलबाट सम्मान गरेका थिए भने क्लवका सहयोगीहरूलाइ समेत मायाको चिनो प्रदान गरिएको थियो ।

    दुई वटा नयाँ लायन्स क्लव तथा एउटा लियो क्लबको समेत ब्यानर उद्घाटन गरिएको छ । नयाँ क्लवहरूमा लायन्स क्लव अफ गुल्मी बुटवल,लायन्स क्लव अफ पाल्पा करूवा र लियाे क्लव अफ लुम्बिनी सिटीको उद्घाटन गरिएको छ । कार्यक्रमको संचालन सचिव बिष्णु भुसालले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology