Logo बिहिवार, आश्विन १ गते २०८३
images

चर्चित हाँस्यकलाकार शम्भुराज थापाको कोरोना संक्रमणबाट मृत्यु

चर्चित हाँस्यकलाकार शम्भुराज थापाको कोरोना संक्रमणबाट मृत्यु

  • 2.1K
    SHARES

  • चर्चित हाँस्यकलाकार शम्भुराज थापाको कोरोना संक्रमणबाट मृत्यु

    बुटवल,भदौ ५ । 

    चर्चित हाँस्यकलाकार शम्भुराज थापाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । एक महिना अगाडि कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएका थापालाई पाटन अस्पतालमा भर्ना गरेर नियमित उपचार भइरहेको थियो ।

    ६४ वर्षीय थापाको उपचारकै क्रममा शनिबार बिहान ४:४० बजे निधन भएको हो ।

    थापाले हास्य टेलिश्रृंखलाहरू-हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चार, मेरी बास्सै लगायत तथा केही चलचित्रमासमेत अभिनय गरेका थिए । उनको निधनप्रति कलाकारहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिइरहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology