Logo बिहिवार, आश्विन १ गते २०८३
images

भरुवा बन्दुक सहित नवलपुरमा दलबहादुर पक्राउ

भरुवा बन्दुक सहित नवलपुरमा दलबहादुर पक्राउ

  • 2.6K
    SHARES

  • भरुवा बन्दुक सहित नवलपुरमा दलबहादुर पक्राउ

    बुटवल,भदौ ३ ।

    पूर्वी नवलपरासीमा प्रहरीले भरुवा बन्दुक, त्यसमा प्रयोग गरिने छर्रा गोली सहित १ जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी मधुसुदन सिंहकका अनुसार पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० मा गस्तीको क्रममा मध्यविन्दु १० निवासी ४२ बर्षीय दलबहादुर थापालाई भरुवा बन्दुक बोकी आइरहेको अवस्थामा पक्राउ गरेको हो ।

    थापालाई लु २८ प ५४४५ नम्बरको मोटरसाइकलमा भरुवा बन्दुक बोकी आइरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।प्रहरीले उनको साथबाट १ थान भरुवा बन्दुक, १८ थान सिसाको छर्रा गोली, सेतो प्लाष्टिक भित्र ४० ग्राम बारुद र सानो बट्टा भित्र राखिएको पटका जस्तो देखिने केपको बट्टा १६ थान फेला पारी बरामद गरेको हो ।

    उनलाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान गरी कारवाही अगाडि बढाइएको प्रहरी निरीक्षक सिंहले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology