गुल्मी,भदौ ३।
गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले नारीहरुको महान पर्व हरितालिका तिजका अवसरमा एकल तीजगीत तथा नृत्य प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
कोभिड १९को प्रभावले गर्दा यस बर्ष पनि एकल तीजगीत प्रतियोगिता अनलाइन माफत गर्ने गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव प्रकाश अर्यालले जानकारी दिए । साथै प्रतियोगितामा अष्ट्रेलियाभित्र रहेका नेपाली महिला कलाकारहरु तथा बिश्वका अन्य जुनसुकै देशका नेपाली कलाकारहरूले प्रतियोगितामा सहभागिता जनाउन पाउने समाजले जनाएको छ । तीजगीत प्रतियोगिता यहि अगस्त २१ देखि शुरूभई सेम्टेवर ११ सम्म प्रतियोगिता सञ्चालन हुने छ ।
प्रतियोगितामा सहभागी कलाकारहरूको फेसबुकको लाइक र शेयरलाई आधार बनाएर ५०५, इन्स्टाग्राम र युटुवलाइ आधार बनाएर ५०५ अंक निर्धारण गरि मुल्यांकन गरिने जनाईएको छ । प्रतियोगितामा सहभागीता जनाउनको लागि कलाकारहरूले समाजको इमेल आइडी gulmisamajvictoria@gmail.comमा आफ्नो प्रस्तुतीको भिडियो मेल गर्न सकिने समाजले जनाएको छ । त्यस्तै तिजगित प्रतियोगितामा विशेष गरि तिजको पुरानो मौलिकपन र कला संस्कृतिको भएको गित तथा नृत्यलाई प्राथमिकता दिइने छ । तिजगित प्रतियोगितामा अष्ट्रेलियाबाट प्रथम,द्धितीय र तृतीय हुनेले क्रमश ७५० डलर,५०० डलर र २५० डलर पाउने छन ।
भने विश्वका अन्य देशबाट सहभागी भएर प्रथम,द्वितीय,तृतीय हुनेले नेपाली रकम नगद रु.२१ हजार,१५हजार ,१० हजार र सम्मान पत्र पाउने गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव अर्यालले जानकारी दिए । यस प्रतियोगिता कार्यक्रमलाई मुख्य प्रायोजनको रूपमा अष्ट्रेलियाको मेलबर्नमा स्थित रहेको ओल्ड दरवार नेपाली रेष्टुरेन्टले सहयोग गरेको छ ।साथै अन्य धेरै सस्थाहरुले समेत प्रायोजन गरि सहयोग गरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)