बुटवल,भदाै १ ।
प्रेस संगठन नेपाल रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ। जिल्ला भेलाले कमल रायमाझीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
भेलाले उपाध्यक्षमा शारदा मल्ल शाही, सचिवमा विष्णु पोखरेल, सह–सचिवमा अम्बिका परियार, कोषाध्यक्षमा सन्जय लामा गुरुङ र सदस्यहरुमा रिया बस्नेत,शिव चौधरी सचिनु, पशुपति यादव, जितेन्द्र चौधरी, कल्पना घिमिरे, भरत नेपाली, बन्दना काफ्ले, रेशम अधिकारी, निर्मल एसपी मगर, ध्रुव लामिछाने, दिपक कलवार, आरती गौतम, जगलाल नेपाली, सुदिप नेपाली पहाडी राहुलदेव सापकोटा लगायत रहेका छन् ।
त्यस्तै भेलाले ७ सदस्यीय प्रेस संगठन रुपन्देहीको जिल्ला सल्लाहकार समिति समेत चयन गरेको छ । रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीका पार्टी सचिव निर्मल जिसीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पत्रकारहरू विनोद पहाडी, नारायण सापकोटा, यानेन्द्र जिसी, गुरुदत्त ज्ञवाली, मदनलाल पौडेल, प्रेम बस्नेत र बैकुण्ठ पाण्डेले शुभकामना मन्तव्य राखेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)