बुटवल,भदाै १ ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले मुक्तिनाथ धामको दर्शन गरेका छन् । साउन महिनाको अन्तिम साेमबार बुटवल १२ स्थित मुक्तिनाथ धाममा पुगेर पूजाआजा गरेका हुन् ।
स्वामी नारायण मुक्तिनाथ धाममा पुगेका उनले विशेष रुद्राभिषेक,जलार्पण ,पूजा र आरती गर्नुका साथै स्वामी लोकानन्दबाट प्रसाद ग्रहण गरेका थिए ।
सन्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री केसीले देशको विकास र समृद्धिभित्र धार्मिक पर्यटन सांस्कृतिक सम्पदाको पनि उच्च योगदान रहको बताए । उनले धार्मिक पीठ र सांस्कृतिक सम्पदाहरुको विकास गर्नुपर्नेमा जाेड दिए ।
उनीसंगै नेकपा एमाले माधव समुहका प्रदेश सांसद बिष्णु पन्थीले पनि धाममा पुगि दर्शन पूजा गरेका थिए । प्रदेश सांसद बिष्णु पन्थीले कपिलबस्तुको कैलाशधाममा निर्माण गरिने दिब्य ज्याेतिर्लिङ्गका बारेमा मुख्यमन्त्री केसीलाई जानकारी गराएका थिए । कैलाशधामलाई नमुना बनाइने पन्थीले बताए ।
साेही अवसरमा धाममा जारी श्रावण महाेत्सव शिव साधना तथा संकृतन हवनात्मक महायज्ञ पनि समापन गरिएको धामका प्रमुख संरक्षक स्वामी लोकानन्दले नागरिक अनलाइनलाई जानकारी दिए ।
धाममा श्रावण महिनाभर सामाजिक दुरी कायम गरेरै शिव पूजन चलिरहेको थियाे ।



नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)